एजेन्सी । च्याम्पियन्स ट्रफीमा पाकिस्तानलाई हराउँदै भारतले लगातार दोस्रो जित हासिल गरेको छ ।
हिजो भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको लक्ष्य भारतले ४२ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
भारतको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक १ सय रन जोडे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ तथा अबरार अहमद र खुसदिल साहले समान १ विकेट लिए ।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९ ओभर ४ बलमा २ सय ४१ रनमा समेटियो ।
पाकिस्तानका लागि सउद सकिलले सर्वाधिक ६२ रन जोडे । भारतका लागि कुलदिप यादवले ३, हार्दिक पाण्ड्याले २ तथा हर्षित राना, अक्षर पटेल र रविन्द्र जडेजाले समान १ विकेट लिए ।
भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल यूएईमा भइरहेको छ ।