Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

'खेलकुदमा लगानी छैन, आर्थिक नहुँदा कतिपय खेलाडीलाई जर्सी पुगेन'

'खेलकुदमा लगानी छैन, आर्थिक नहुँदा कतिपय खेलाडीलाई जर्सी पुगेन'

सोमवार , फाल्गुण १२, २०८१

अछाम । चौरपाटी गाउँपालिका खेलकुद बिकास समितिका अध्यक्ष तुल बहादुर साउँदले खेलकुद क्षेत्रमा सरकारले लगानी नगरेको बताएका छन् ।

आइतबार चौरपाटी गाउँपालिकाको खेल मैदानमा सकिएको १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले खेलकुद क्षेत्रमा कम लगानी गर्ने गरेको बताए । आर्थिक अभावका कारण कतिपय गाउँपालिकाका सबै खेलाडीले जर्सीसमेत नपाएको बताए । उनले भने, 'खेलकुद क्षेत्रमा सरकारको लगानी न्यून छ । सबै खेलाडीहरुलाई जर्सी किन्नसमेत पैसा पुग्दैन ।'

उनका अनुसार आर्थिक अभावका कारण खेलकुद गतिविध गर्न पनि समस्या हुने गरेको छ । साथै उनले स्थानीय सरकारहरुलाई खेलकुद क्षेत्रको विकासका लागि लगानी बढाउन आग्रह गरे ।

यसैगरी जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मंगलसेन नगरपालिकाले हात पारेको छ । उसले ७ स्वर्ण, ६ रजत, ३ कांस्य प्राप्त गरेर पहिलो भयो । यता चौरपाटी गाउँपालिकाले १ स्वर्ण, २ रजत, २ कांस्यमा चित्त बुझायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077