काठमाडौं । रियाल मड्रिडले स्पेनिस कोपा डेल रेअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियाल सोसिडाडविरुद्ध १–० ले विजयी भएको छ ।
बुधबार राति एनोएटा रंगशालामा भएको खेलमा रियाल मड्रिड कठिन जित निकालेको हो ।
पाहुना टोली रियाललाई जित दिलाउन ब्राजिलियन युवा फरवार्ड एन्ड्रिकले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको १९औँ मिनेटमा गोल गरेका थिए ।
अब यी दुई टोलीबीचको दोस्रो लेग रियालको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ ।