काठमाडौं । दशौं राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको बिहीबार बसेको १२१औं बैठकले दशौं राष्ट्रिय खेलकुद आउदो जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।
२०७९ मा भएको नवौं राष्ट्रिय खेलकुदबाट दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको थियो ।
तर, तयारी नपुगेको भन्दै राखेपले चैत २३ देखि २९ सम्म राष्ट्रिय खेलकुद गर्ने निर्णय गरेको थियो ।
यो समयमा पनि नहुने देखिपछि राखेपले पुनः दोस्रो पटक मिति सारेको हो ।