Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अष्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश

अष्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश

शनिवार , फाल्गुण १७, २०८१

एजेन्सी । आईसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत समूह 'बी' बाट अष्ट्रेलिया सेमिफाइनल प्रवेश गरेको छ ।

शुक्रबार अफगानस्तानसँग भएको खेलमा वर्षाका कारण अंक बाँडिएपछि अष्ट्रेलिया ४ अंकसहित सेमिफाइनल प्रवेश गरेको हो ।

पाकिस्तानको लाहोरमा भएको खेलमा २७४ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १२.५ ओभरमा १ विकेटको क्षतिमा १०९ रन बनाउँदा खेल वर्षाका कारण रोकिएको हो ।

यो खेलमा अंक बाँडेसँगै अफगानस्तानको सेमिफाइनल सम्भावना निकै झिनो अंकगणितमा मात्रै सिमित भएको छ ।

दक्षिण अफ्रिका र इङ्ल्यान्डको खेलपछि भने सेमिफाइनल खेल्ने टिमको निर्धारण हुनेछ । समूह ए बाट भने भारत र न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077