Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

आइतवार , फाल्गुण १८, २०८१

एजेन्सी । च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

पाकिस्तानको कराचीमा इङ्गल्यान्डसँग हिजो भएको खेलमा जीतका लागि एक सय ८० रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २९ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस जितेर इङ्गल्यान्डले ३८ ओभर २ बलमा सबै विकेट गुमाएर एक सय ७९ रनमा बनाएको थियो ।

जीतसँगै दक्षिण अफ्रिका ५ अङ्कका साथ समुह ‘बी’ को विजेता बन्यो । ४ अङ्क रहेको अस्ट्रेलिया समूहको उपविजेता बन्यो । समूह ‘बी’ का अफगानिस्तान र इङ्गल्यान्ड समूह चरणबाटै बाहिरिए ।

च्याम्पियन्स ट्रफी क्रिकेटमा आज समूह ‘ए’ का भारत र न्युजिल्याण्डबीच खेल हुँदैछ । यो खेल दुबईमा दिउँसो पौने तीन बजे शुरू हुनेछ । समूह ‘ए’ बाट भारत र न्युजिल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077