काठमाडौं । गायिका ज्योति मगरले चर्चित गायक दुर्गेश थापामाथि कटाक्ष गरेकी छिन् ।
उनले सामाजिक सञ्जालमार्फत दाङको तुलसीपुर महोत्सवमा चर्चित गायक दुर्गेश थापाको हेलिकप्टर उड्यो कि उडेन भन्दै कटाक्ष गरेकी हुन् ।
तुलसीपुर महोत्सव दुर्गेश नआएपछि गायिका मगरले ‘दुश्मन हेरेको हेरेइ होइन, दुश्मन पर्खेको पर्खेइ थिय रे’ भन्ने टिप्पणी गरेकी छिन् ।
उनले भनिन् 'तुलसीपुर महोत्सवमा दुर्गेश थापा भाइको हेलिकप्टर उड्यो कि उडेन ? हल्ला खल्ला सुनियन त कतै । कमेन्टमा खबर गरुम त दङ्गाली सञ्चार माध्यमहरु । दुस्मन हेरेको हेरेइ होइन दुस्मन पर्खेको पर्खेइ थिय रे भन्ने हल्ला पो आयो त कता कता ।'