Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

सोमवार , फाल्गुण १९, २०८१

एजेन्सी । आईसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत समूह विजेता बनेको छ ।

भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अफ्रिकासँग खेल्नुपर्ने छ ।

आइतबार दुबईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनाउँदै २५० रनको मध्यम लक्ष्य दिएको थियो ।

जवाफमा दक्षिण अफ्रिका ४५.३ ओभरमा २०५ रनमा समेटिएपछि भारतले ४४ रनको जित निकाल्यो । जीतपछि भारतको ६ अङ्क भएको छ ।

न्युजिल्यान्डले ४ अङ्क जोडेको छ । अन्तिम खेल अगाडि नै दुवै टिम सेमिफाइनलमा पुगिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077