एजेन्सी । आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अष्ट्रेलिया खेल्दैछन् ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरू हुनेछ ।
फाइनल पुग्न अर्को सेमिफाइनलमा भोलि न्युजिल्यान्ड र दक्षिण अफ्रीकाले पाकिस्तानको लाहोरमा खेल्दैछन् ।
च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुने छ । यो खेल भारत फाइनल नपुगे पाकिस्तानमा र पुगेमा दुबईमै हुनेछ ।