Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अस्ट्रेलिया हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

अस्ट्रेलिया हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं । भारतले अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफीको फाइनलमा स्थान सुरक्षित गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा मंगलबार भएको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई ४ विकेटले पराजित गरेको हो ।

भारतका लागि ‘चेज मास्टर’ विराट कोहलीले ८४ रनको महत्वपूर्ण इनिङ्स खेलेर टिमलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका निभाए । कोहलीले रन चेजमा तीन ठूला साझेदारी गरे ।

उनले श्रेयस ऐयरसँग ९१, अक्षर पटेलसँग ४४ र केएल राहुलसँग ४७ रनको साझेदारी गर्दै लक्ष्य पछ्याउन सहज बनाए। खेलको अन्त्यतिर हार्दिक पाण्ड्याले आक्रामक २८ रन प्रहार गर्दै भारतलाई जित दिलाए ।

त्यसअघि, अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै २६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले ७३ तथा एलेक्स केरीले ६१ रन बनाए ।

भारतीय बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलियालाई अलआउट गर्न सफल भए । मोहम्मद शमीले ३ विकेट लिँदा, रवीन्द्र जडेजा र वरुण चक्रवर्तीले २-२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077