Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यु–१९ क्रिकेट : नेपालले अफगानिस्तानसँग खेल्ने

यु–१९ क्रिकेट : नेपालले अफगानिस्तानसँग खेल्ने

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोलीले अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा अफगानिस्तानको यू–१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको उल्लेख छ ।

क्यानका अनुसार माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने उक्त सिरिज आगामी चैत २१ गतेदेखि सुरु हुनेछ ।

तीन खेलको उक्त सिरिजअन्तर्गत पहिलो खेल चैत २१ गते हुनेछ । त्यसैगरि दोस्रो खेल चैत २४ तथा तेस्रो खेल चैत २७ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077