काठमाडौं । चर्चित गायिका तथा मोडल ज्योति मगरले गायक दुर्गेश थापासँग जोडिएको विवादप्रति आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै उनले कलाकारको व्यक्तिगत आचरण जस्तोसुकै भए पनि उनको कलालाई सम्मान गर्नुपर्ने बताएकी हुन् ।
उनले केही वर्षअघि दाङको तुल्सीपुर महोत्सवमा हेलिकप्टर अवतरण गर्न नदिएको घटनाप्रति खेद प्रकट गर्दै लेखेकी छन्, 'एउटा कलाकारको व्यक्तित्व र आचरण जतिसुकै खराब भए पनि कलाकारको कला लाई सम्मान गर्नु पर्छ र गरि खान दिनु पर्छ भन्ने मेरो मान्यता हो।'
स्मरण रहोस्, केही समयअघि नेपालगञ्ज र दाङका केही समूहले विरोध गर्दै दुर्गेश थापालाई तुल्सीपुर महोत्सवमा सहभागी हुन अवरोध गरेका थिए। मगरले दाङबासीहरूलाई पुरानो घटना बिर्सिन आग्रह गर्दै थापाको आगामी करिअरका लागि शुभकामना व्यक्त गरेकी छन् ।
उनले केही वर्ष अगाडिको घटना भनेपनि यो केही हप्ता अघि गायक दुर्गेश थापासँग जोडिएको विवाद भएको आशंका गरिएको छ । उनीहरुबीच पछिल्लो समय समाजिक सञ्जालमा 'शव्द युद्ध' हुँदै आएको छ ।