Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

च्याम्पियन्स ट्रफी : दक्षिण अफ्रिकाविरुद्ध रचिन रविन्द्रको शतक

च्याम्पियन्स ट्रफी : दक्षिण अफ्रिकाविरुद्ध रचिन रविन्द्रको शतक

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो सेमिफाइनलमा न्यूजिल्याण्डका ओपनर ब्याटर रचिन रविन्द्रले शतक प्रहार गरेका छन्।

पाकिस्तानको गद्दफी रंगशाला लाहोरमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डका लागि रविन्द्रले ९३ बलमा १२ चौका र १ छक्का प्रहार गरेका हुन्।

उनले ३१.१ ओभरमा शतक पूरा गरे। उनको एकदिवसीय अन्तर्राष्ट्रियमा यो पाँचौं शतक हो। उनले केन विलिमसनसँग १५३ रनको शतकीय साझेदारी गरेका थिए।

हाल न्यूजिल्याण्ड ३८ ओभरमा २ विकेटको क्षतिमा २४३ रन बनाउँदै खेलिरहेको छ। आजको खेलको विजेताले फाइनलमा भारतको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077