Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

न्युजिल्यान्डले दियो दक्षिण अफ्रिकालाई ३६३ रनको विशाल लक्ष्य

न्युजिल्यान्डले दियो दक्षिण अफ्रिकालाई ३६३ रनको विशाल लक्ष्य

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३६३ रनको लक्ष्य दिएको छ ।

लाहोरको गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६२ रन बनायो । न्युजिल्यान्डका रचिन रविन्द्र र केन विलियमसनले शतक बनाए ।

रचिन १०८ र विलियमसन १०२ रन बनाएर आउट भए । यस्तै ड्यारेल मिचेल र ग्लेन फिलिप्सले समान ४९ रन बनाए । दक्षिण अफ्रिकाका लुङ्गी एन्गिडीले ३ विकेट लिए ।

च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डले बनाएको यो रन अहिलेसम्मकै धेरै हो । यसअघि यही संस्करणमा लाहोरमा अस्ट्रेलियासँगको खेलमा इङ्गल्यान्डले ३ सय ५१ रन बनाएको थियो ।

दक्षिण अफ्रिका समूह ‘बी’ को विजेता र न्युजिल्यान्ड समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । यो खेल जित्ने टोलीले फाइनलमा भारतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077