Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

वुमन्स डे कपको पहिलो खेलमा नामिबियासँग खेल्दै नेपाल

वुमन्स डे कपको पहिलो खेलमा नामिबियासँग खेल्दै नेपाल

शनिवार , फाल्गुण २४, २०८१

काठमाडौं । चार देश सहभागी वुमेन्स टी-२० क्वाट्यान्गुलर शृंखला आज युगान्डामा सुरु हुँदै छ ।

शृंखलाको उद्घाटन खेलमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै छ। खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न ४ः४५ बजे सुरु हुने छ।

पहिलो पटक एसिया महादेश बाहिर खेल्न लागेको नेपाली महिला टोलीका लागि नामिबिया नौलो टोली हो। उसले यसअघि नामिबियासँग कुनै फर्म्याटको खेल खेलेको छैन ।

पछिल्ला पाँच खेलमा लगातार हार भोगेको नेपाली टोलीले युगान्डा भ्रमणमा उपाधिको लक्ष्य लिएको छ।

शृंखलामा नेपाल र नामिबियासहित घरेलु टोली युगान्डा र हङकङ छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077