Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

महिला टी–२० सिरिज : नामिबियासँग नेपाल ६ विकेटले पराजित

महिला टी–२० सिरिज : नामिबियासँग नेपाल ६ विकेटले पराजित

शनिवार , फाल्गुण २४, २०८१

काठमाडौं । नेपाल युगान्डामा जारी महिला टी–२० क्रिकेट सिरिजमा नामिबियासँग पराजित भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भयो ।

नामिबियाले डकवर्थ–लुइस (डीएल) नियमअनुसार नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षा भएको थियो।

खेल पुनः सुरु भएपछि नामिबियालाई १५ ओभरमा ७१ रनको नयाँ लक्ष्य तोकिएको थियो, जुन उसले १ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

नामिबियाका मेकेलाए मातिलले सर्वाधिक २६ रन बनाउँदा अरास्ता डिरगार्ट १३ रनमा अविजित रहिन्। नेपालका लागि पूजा महतो, कविता जोशी, ईश्वरी विष्ट, र इन्दु बर्माले समान १-१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभर पूरा खेल्दै ९२ रनमा अलआउट भयो। नेपालको तर्फबाट सम्झना खड्काले १८, कविता जोशीले १६, पूजा महतोले १३, र ईश्वरी विष्टले अविजित १७ रन जोडिन्।

बलिङतर्फ नामिबियाका विल्का मति र मेकेलाए मतिले उत्कृष्ट प्रदर्शन गर्दै ३-३ विकेट लिए। केलन ग्रिनले २ तथा अरास्ता डिरगार्टले १ विकेट हात पारिन्।

सिरिजमा आयोजक युगान्डासहित नेपाल, हङकङ र नामिबिया रहेको छ । सहभागी टोलीले एक आपसमा दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबिच उपाधिका लागि भिडन्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077