Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

न्यूजिल्यान्डलाई हराउँदै १२ वर्षपछि भारतले जित्यो च्याम्पियन्स ट्रफी

न्यूजिल्यान्डलाई हराउँदै १२ वर्षपछि भारतले जित्यो च्याम्पियन्स ट्रफी

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । भारतले १२ वर्षपछि च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । दुबई इन्टरनेसनल स्टेडियममा भएको फाइनल खेलमा भारतले न्यूजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

२ सय ५२ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभरमै जित निकाल्यो । रोहितले कप्तानी पारी खेल्दै ७६ रनको योगदान दिए । रन चेजमा श्रेयस ऐयरले ४८, केएल राहुलले अविजित ३४ र अक्षर पटेलले २९ रन बनाएर टिमलाई जिततर्फ डोर्‍याए।

बलिङतर्फ कुलदीप यादव चम्किए। उनले दुई ओभरभित्रै लगातार दुई विकेट लिँदै खेल भारततर्फ फर्काइदिए। उनले रचिन रविन्द्र र केन विलियमसनलाई पेभेलियन पठाएका थिए ।

न्यूजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ६३ रन बनाए । कप्तान रोहित शर्माको नेतृत्वमा भारतको यो ९ महिनाभित्र दोस्रो आइसिसी उपाधि हो । यसअघि, उनले गत जुन २९ मा टी(२० विश्वकप जिताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077