काठमाडौं । वुमेन्स डे महिला टी-२० सिरिज अन्तर्गत नेपालले आज हङकङसँग खेल्दैछ ।
नेपाली समय अनुसार यो खेल दिउँसो ४ः४५ बजेदेखि सुरु हुने छ ।
यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ । त्यस्तै हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ।
जारी सिरिजमा नेपाल, युगान्डा, नामिबिया र हङकङ सहभागी छन्।