एजेन्सी । स्पेनिस टोली बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको दोस्रो चरणको दोस्रो लेगमा बेनफिकालाई ३–१ ले हरारउँदै बार्सिलोना लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
बार्सिलोनाको जितमा टिनएजर लामिन यमाल एक र राफिन्हाले दुई गोल गरे । बेनफिकाका लागि निकोलास ओडेमान्डीले उत्कृष्ट हेड गोल गरे । यसअघि, पहिलो लेगमा बार्सिलोनाले १–० को जित तिकालेको थियो ।
बार्सिलोनाले अब प्रतियोगिताको सेमिफाइनलमा प्रवेशका निम्ति बोरुसिया डर्टमन्ड र लिलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।