Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण : 'ग्रेड ए'मा पाँच खेलाडी, अरु ग्रेडमा को को परे ?

क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण : 'ग्रेड ए'मा पाँच खेलाडी, अरु ग्रेडमा को को परे ?

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीहरूको वर्गीकरण गरेको छ । क्यानले पुरुष तथा महिला दुवै टिमका खेलाडीलाई ग्रेडअनुसार वर्गीकृत गर्दै मासिक तलब निर्धारण गरेको हो ।

क्यानले ग्रेड एमा पाँच खेलाडीलाई राखेको छ। जसमा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमापाल कामाी र आसिफ शेख रहेका छन्।

त्यस्तै ग्रेड बीमा करण केसी, कुशल भुर्तेल, गुल्शन झा, ललित राजबंशी र अनिल साह र ग्रेड सीमा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल रहेका छन्।

त्यस्तै ग्रेड डीमा सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहोरा र मयन यादव रहेका छन्। त्यस्तै इमर्जिङमा अर्जुन घर्ती, हेमन्त धामी, दीपेश कँडेल, रुपेश सिंह, अर्जुन कुमाल, सुभ कंशकार र सन्तोष यादव रहेका छन्।

क्यानले ग्रेड एका लागि एक लाख, बीका लागि ७० हजार, सीका लागि ५५ हजार, डोमेस्टिकका लागि ३५ हजार र इमर्जिङका लागि २५ हजार रुपैयाँ तलब तोकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077