Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीमा लोक भजन गायन प्रतियोगिता हुने, विजेतालाई नगद पुरस्कार !

धनगढीमा लोक भजन गायन प्रतियोगिता हुने, विजेतालाई नगद पुरस्कार !

बुधवार , फाल्गुण २८, २०८१

धनगढी । लोप हुँदै गइरहेको धर्म, संस्कृति तथा परम्परागत लोक भजनलाई प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीमा लोक भजन गायन प्रतियोगिता आयोजना हुने भएको छ ।

चौतारी कला समाज धनगढीको आयोजनामा आगामी चैत ४ गते धनगढीको शिवपुरी धाममा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रत्येक भजन गायन समूहमा ५ देखि १० जना सदस्य हुनुपर्ने छ भने प्रस्तुति ५ देखि १० मिनेटको समयसीमाभित्र समेट्नुपर्ने नियम रहेको छ। इच्छुक समूहहरूले चैत १ गतेसम्म दर्ता गरिसक्नुपर्ने समाजकी अध्यक्ष हेमन्ता भट्टराइले जानकारी दिइन् ।

प्रतियोगिताका उत्कृष्टलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुने समूहले २० हजार रुपैयाँ, दोस्रो हुने समूहले १५ हजार रुपैयाँ, र तेस्रो स्थान हासिल गर्ने समूहले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सञ्चालन हुन लागेको यो प्रतियोगिताले धार्मिक तथा सांस्कृतिक मूल्यमान्यताहरूको संरक्षणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077