Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हङकङसँग टस हारेर फिल्डिङ गर्दै नेपाल

हङकङसँग टस हारेर फिल्डिङ गर्दै नेपाल

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । वुमन्स डे कप २०२५ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङसँग टस हारेर फिल्डिङ गर्ने भएको छ।

हङकङकी कप्तान नताशा मिल्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।

फाइनल होडबाट बाहिरिएको नेपालले अघिल्ला ५ खेलमा ४ हार र १ जित हात पार्दै तालिकाको पुच्छरमा रहेको छ ।

रुबिना क्षेत्री बेलबासे, कविता जोशी र ममता चौधरीको स्थानमा बिन्दु रावल, राजमती ऐरी र रोमा थापा टिममा फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077