Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

वुमन्स डे कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै

वुमन्स डे कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै

आइतवार , चैत्र २, २०८१

काठमाडौं । जारी चार देशीय सिरिज (वुमन्स डे कप) अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन् । उक्त खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ बजेदेखि सुरु हुन लागेको हो ।

यस सिरिजमा नेपालले ६ खेलेको थियो। जसमा २ खेलमा जितेको छ भने ४ खेलमा हार व्यहोरेको थियो।

नेपालले नामिबियासँगका दुवै खेलमा हार व्यहोरेको थियो भने हङकङ र युगाण्डासँग एक-एक खेलमा हार व्यहोरेको थियो।

नेपालले आयोजक युगाण्डा र हङकङलाई एक-एक खेलमा पराजित गरेको थियो।

अब तेस्रो स्थानका लागि पुछारमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको हङकङ आज खेल्दै छन् । त्यस्तै फाइनलमा भने शीर्ष स्थानमा रहेको आयोजक युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया पनि आजै भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077