Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रधानमन्त्री कप : गण्डकीमाथि कोशी प्रदेशले निकाल्यो पहिलो जित

प्रधानमन्त्री कप : गण्डकीमाथि कोशी प्रदेशले निकाल्यो पहिलो जित

आइतवार , चैत्र २, २०८१

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित निकालेको छ।

गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै कोशीले प्रतियोगिताको पहिलो जित निकालेको हो।

भैरहवास्थित एक्स्ट्राटेक ओभलमा टस जितेर ब्याटिङ गरेको गण्डकी २०.४ ओभरमा ३१ रन बनाउँदै अलआउट भयो। ३२ रनको झिनो लक्ष्य पछ्याएको कोशीले ८.२ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

कोशीको लागि ओपनर ब्याटर सबिल हकले सर्वाधिक १६ रनको अविजित पारी खेले। अर्का ओपनर चिराग शाहलाई सुवास भण्डरीले अमृत गुरुङको हातमा क्याच गराए।

सोनु अन्सारी ४ रनमा अविजित रहे। गण्डकीको लागि एक मात्र विकेट सुवास भण्डारीको नाममा रह्यो। त्यसअघि, ब्याटिङ गरेको गण्डकीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

गण्डकीका ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ९ रन बनाए। मिडल अर्डरका वंश क्षेत्री, दिपक डुम्रे, रोहित चन्द र सुवास भण्डारी लगातार डकआउट भए।

कप्तान विपिन खत्री र सुदपि अर्यालले १ रन बनाए। चन्द्र पौडेलले ५ रन बनाए। सुजन गौतम ६ रनमा अविजित रहे।

कोशीका लागि फिर्दोस अन्सारी र दिपेश कँडेलले १ विकेट लिए। कोशीले पाँचौं खेलमा आएर जित दर्ता गराएको हो।

लगातार ४ खेलमा हार बेहोरेको कोशीले अंक तालिकामा खाता खोलेको छ। गण्डकीले ४खेलमा १ जित र ३ हारसहित २ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077