Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलम्पिक कमिटीले गरेको सबै काम गैरकानुनी हुन् : खेलकुदमन्त्री चौधरी

ओलम्पिक कमिटीले गरेको सबै काम गैरकानुनी हुन् : खेलकुदमन्त्री चौधरी

आइतवार , चैत्र २, २०८१

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले गरेका सबै काम गैरकानुनी रहेको बताएका छन्।

ओलम्पिक कमिटीमा निस्किएको विवादबारे आइतबार पत्रकार सम्मेलन गर्दै खेलकुदमन्त्री चौधरीले सो कुरा बताएका हुन् । उनले अहिलेको कार्यसमिति अवैधानिक रहेको बताए।

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई गत मंगलबार कुवेतस्थित अध्यागमन विभागले डीपोर्ट हुन रोकेपछि यो विषयले ठूलो रुप लिएको छ।

हालः भएको कार्यसमितिले राष्ट्रिय खेलकुद परिषद (राखेप)को विधान विपरीत चुनाव गराएको र विधान संसोधन गरेकोमा सरकारको आपत्ति रहेको उनले बताए।

ओलम्पिक कमिटीले नेपालले भाग लिने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको नियमन गर्दै आएको थियो। हालः भने राखेप तथा सरकारले उक्त कमिटीलाई वैधानिकता दिएको छैन।

उनले ओलम्पिक कमिटीको विवाद नटुंगिए पनि खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन भने कुनै पनि व्यवधान नहुने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077