Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

मंगलवार , चैत्र ४, २०८१

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट आज सार्वजनिक गरिएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो तथा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गरेका हुन् ।

सोही अवसरमा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले दसौँ राष्ट्रिय खेलकुदको डेकिकेटेड वेभसाइट सार्वजनिक गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, व्यवस्थापकलगायतको अनलाइन दर्ता कसरी गर्ने भन्ने विषयमा जानकारी दिन खेलाडी अनलाइन दर्ता सफ्टवेयर भिडियो प्रदर्शन गरिएको थियो ।

लोगो र मस्कटलगायत विषयवस्तुलाई समेटी तयार पारिएको एनिमेटेड भिडियो पनि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077