काठमाडौं । नेपालले सिंगापुरविरुद्ध ऐतिहासिक जित निकालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।
शुक्रबार भएको मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरलाई १-० गोलले पराजित गरेको थियो । लगत्तै प्रधानमन्त्री ओलीले समाजिक सञ्जाल फेसबुकमार्फत नेपाली फुटबल टोलीलाई बधाई दिएका हुन् ।
उनले लेखेका छन्, 'नेपालले सिंगापुरविरुद्ध ऐतिहासिक जित हात पारेको छ। सिंगापुरसँग पहिलो खेल भएको ४३ वर्षमा नेपालको पहिलो पटक जितका लागि सबैलाई बधाई !'
नेपालले सिंगापुरलाई घरेलु मैदानमा हराएको हो । यसअघि पछिल्लो पटक सन् १९८९ मा नेपालले विश्वकप छनोटअन्तर्गत सिंगापुरविरुद्ध खेलेको थियो। जहाँ दुई लेगको खेलमा नेपाल ३-० र ५-० ले पराजित भएको थियो।