Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सलमान खानको ‘सिकन्दर’ चैत १७ गते रिलिज हुने

सलमान खानको ‘सिकन्दर’ चैत १७ गते रिलिज हुने

शनिवार , चैत्र ८, २०८१

काठमाडौं । सलमान खान स्टारर प्रतीक्षित बलिउड फिल्म ‘सिकन्दर’ इदको छेकोमा चैत १७ गते विश्वब्यापी प्रदर्शनमा आउने भएको छ।

बलिउड हंगामाले फिल्म उक्त मितिमा आउने उल्लेख गरेको हो । रमजान इद चाहिँ मार्च ३१ मा सोमबार परेको छ ।

भारतको महाराष्ट्रमा गुडी पड्वा पर्वको बिदा भएकाले फिल्मलाई आइतबार ल्याउने निर्णय निर्माताले गरेका हुन्।

निर्माताले बुधबार यसको औपचारिक घोषणा गर्ने जनाइएको छ ।

‘सिकन्दर’मा सलमानसहित रश्मिका मन्दाना, काजल अग्रवाल र सरमन जोशीको अभिनय हुनेछ ।

यो फिल्मलाई एआर मुरुगादोसले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077