Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

टीयू मैदानबाट पारस खड्काले दिए सरकारलाई धन्यवाद !

टीयू मैदानबाट पारस खड्काले दिए सरकारलाई धन्यवाद !

शनिवार , चैत्र ८, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको कामका लागि सरकारलाई धन्यवाद दिएका छन् ।

टीयू क्रिकेट मैदानमा भइरहेको निर्माण कार्यको तस्वीर शनिबार सामाजिक सञ्जालमा साझा गर्दै खड्काले सरकारलाई धन्यवाद दिएका हुन् ।

उनले एउटा दीर्घकालीन सपना अन्ततः पूरा हुन लागेको बताए । नेपाल क्रिकेटसँग सम्बन्धित सबैका लागि यो अपार खुशी र गर्वको विषय भएको खड्काले उल्लेख गरे ।

‘त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विकास र त्यहाँ फ्लडलाइट जडानको कामलाई तीव्रता दिने नेपाल सरकारको अनुकरणीय पहलप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं,' उनले लेखेका छन्, 'यो महत्वपूर्ण पूर्वाधारले क्रिकेट तथा खेलकुदको प्रवर्द्धनसँगै राष्ट्रको आर्थिक वृद्धिमा टेवा पुर्‍याउने ऐतिहासिक कदमको प्रतिनिधित्व गर्दछ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077