Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आईपीएल : कोलकाताले बेंगलुरुलाई दियो १७५ रनको लक्ष्य

आईपीएल : कोलकाताले बेंगलुरुलाई दियो १७५ रनको लक्ष्य

शनिवार , चैत्र ८, २०८१

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनको लक्ष्य दिएको छ ।

कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको कोलकाता निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनायो ।

कोलकोताका लागि कप्तान अजिंक्य रहानेले ५६ रनको अर्धशतकीय पारी खेले। यस्तै सुनिल नारायणले ४४ रन बनाए । अंगक्रिस रघुवंशीले ३० रन बनाए। त्यस्तै रिंकु सिंहले १२ रन बनाउँदा ओपनर क्विन्टन डी कक ४ रनमा आउट भए ।

बैंगलुरुका लागि कुर्नाल पाण्ड्यले तीन विकेट लिए भने जोश हेजलवुड दुई विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077