Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

केकेआरलाई हराउँदै आरसीबीको आईपीएलमा विजयी सुरुवात

केकेआरलाई हराउँदै आरसीबीको आईपीएलमा विजयी सुरुवात

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले विजयी सुरुवात गरेको छ ।

१८ औँ संस्करणको उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्सलाई सात विकेटले हराउँदै बेङ्गलुरुले विजयी सुरवात गरेको हो ।

कोलकाताको घरेलु मैदानमा हिजो भएको पहिलो खेलमा एक सय ७५ रनको लक्ष्य बेङ्गलुरुले १६ ओभर दुई बलमा तीन विकेट विकेट गुमाएर भेट्टायो । आरसीबीका विराट कोहलीले अविजित सर्वाधिक ५९ रन बनाए ।

फिल साल्टले ५६ रन जोडे । कप्तान रजत पाटीदार ३४ रनमा आउट भए । कोलकाताका बैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नारायणले समान एक विकेट लिए ।

त्यसअघि इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ७४ रन बनायो । कोलकाताका कप्तान अजिक्या राहाणेले सर्वाधिक ५६ रन बनाए । सुनिल नारायण ४४ रनमा आउट भए ।

बेंङ्गलुरुका कुरनाण पाण्ड्याले तीन, जोस हेजलवुडले दुई तथा यश दयाल, रसिक सलाम र सुयस शर्माले समान एक विकेट लिए । आज दुई वटा खेल हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077