Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आईपीएलमा हैदरवादसँग राजस्थान ४४ रनले पराजित

आईपीएलमा हैदरवादसँग राजस्थान ४४ रनले पराजित

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) –२०२५ मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा हैदरवादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको हो ।

हैदराबादले प्रस्तुत गरेको २८७ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभर ब्याटिङ गरे पनि ६ विकेट गुमाएर २४२ रन मात्र बनाउन सक्यो ।

हैदराबादका ध्रुव जुरेलले सर्वाधिक ७० रन बनाए पनि टिमको हार टार्न सकेनन् । सञ्जु सामसनले ६६ रन थपे । यस्तै, सिम्रन हेटमायरले ४२, सुभम दुवेले ३४ र नितिश रानाले ११ रन जोडे ।

हैदराबादका सिम्रनजित सिंह र हर्षल पटेलले समान दुई विकेट लिए । एडम जाम्पा र मोहम्मद सामीले एक–एक विकेट लिए ।

त्यसअघि इशान किसनले शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २८६ रनको योगफल खडा गरेको थियो ।

हैदराबादबाट किसनले आक्रामक ब्याटिङ गर्दै ४७ बलमा ११ चौका र ६ छक्कासहित अविजित १०६ रन बनाए । योसँगै किसन जारी सिजनमा शतक बनाउने पहिलो ब्याटर बने ।

ओपनर ट्राभिस हेडले ३१ बलमा नौ चौका र तीन छक्कासहित ६७ रन थपे । हेनरिक क्लासेनले ३४, नितिश रेड्डीले ३० र अर्का ओपनर अभिषेक शर्माले २४ रन थपे ।

राजस्थानका तुसार देशपाण्डेले तीन विकेट लिए । महिस थिक्षणाले दुई विकेट लिँदा सन्दीप शर्माले एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077