काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ ।
चेन्नाईमा टस हारेर पहिले ब्यटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५५ रन बनाएको हो ।
मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए । २५ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान सुर्यकुमार यादवले २९ बनाउँदा दिपक चहर २८ रनमा आउट भए ।
चेन्नाईका लागि नुर अहमदले सर्वाधिक चार विकेट लिए । अलिल अहमदले ३ विकेट हात पारे ।