Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मुम्बईलाई हराउँदै चेन्नइको विजय सुरुवात

मुम्बईलाई हराउँदै चेन्नइको विजय सुरुवात

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । मुम्बई इन्डियन्सलाई चार विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ ।

आइतबार राति भएको खेलमा चेन्नइले मुम्बईलाई ४ विकेटले पराजित गर्दै आइपीएलमा सुखद् सुरुवात गरेको हो । मुम्बइले दिएको १ सय ५६ रनको लक्ष्य चेन्नईले ५ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो ।

चेन्नइको जीतमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रले अर्धशतक बनाए । बलिङमा भिगनेश पुथुरले तीन विकेट लिए । त्यसअघि पहिले व्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५५ रन बनाएको थियो ।

मुम्बईका तिलक बर्माले सर्वाधिक ३१ रन बनाए । चेन्नईका नूर अहमदले चार विकेट लिए । यस्तै खालिद मोहम्मदले तीन विकेट लिए । जीतसँगै चेन्नइले दुई अङ्क जोडेको छ । मुम्बइले भने हारबाट लिगको सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077