Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री कप : आज गण्डकी र सशस्त्र विजयी, २ टीम बाहिरिए

प्रधानमन्त्री कप : आज गण्डकी र सशस्त्र विजयी, २ टीम बाहिरिए

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलमा गण्डकी प्रदेश र सशस्त्र प्रहरी विजयी भएका छन् ।

गण्डकीले मधेशलाई प्रतियोगिताको पहिलो सुपर ओभरमा हराएको हो भने सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्‍यो ।

गण्डकीले जिते पनि सबै खेलमा ४ अंक मात्र बटुल्दै बाहिरिएको छ भने अन्तिम खेल खेलेको लुम्बिनी पराजित हुँदै बाहिरिएको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा २४७ रनको लक्ष्य लिई मैदान प्रवेश गरेको गण्डकीले ५० ओभरमा आफ्नो सबै विकेट गुमाउँदै २४६ रन मात्र बनाउन सक्यो ।

सोमबार नै सम्पन्न दोस्रो खेलमा सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । लुम्बिनीले दिएको २२४ रनको लक्ष्य सशस्त्रले ४१.५ ओभरमा ३ विकेटको क्षतिमा हासिल गर्‍यो ।

प्रतियोगितामा हालसम्म सबै ७ वटा खेलमा अविजित रहँदै नेपाल पुलिस क्लब १४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने ८ खेल खेलेको त्रिभुवन आर्मी क्लब ७ खेलमा जीत निकाल्दै १४ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रतियोगिताको शीर्ष २ टोलीले यही चैत १६ गते फाइनल खेल्नेछ । मंगलबारको खेल रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077