Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आईपीएल : लखनउविरुद्ध दिल्लीको सनसनीपूर्ण जित

आईपीएल : लखनउविरुद्ध दिल्लीको सनसनीपूर्ण जित

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ ।

सोमबारको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्समाथि एक विकेटको सनसनीपूर्ण जित निकालेको हो ।

लखनउले दिएको दुई सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले अन्तिम तीन बल बाँकी रहँदा नौ विकेट गुमाउँदै दुई सय ११ रन बनाएयो ।

दिल्लीका आशुतोषले अविजित ६६ रन बनाए । बलिङमा लखनउका सार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिगभेष राथी रवि विष्नोईले समान दुई विकेट लिए ।

त्यसअघि राजशेखर रेड्डी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै दुई सय नौ रन बनाएको थियो । लखनउका निकोलस पुनरले सबैभन्दा धेरै ७५ रन बनाए । दिल्लीका मिचेल स्टार्कले तीन विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077