Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एसिएन कप छनोट : नेपाल र मलेसिया भिड्दै

एसिएन कप छनोट : नेपाल र मलेसिया भिड्दै

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । एएफसी एसिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।

मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा नेपाली समयअनुसार खेला राति पौने ८ बजे सुरु हुनेछ ।

नेपाल उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राख्ने लक्ष्यमा छ। मलेसिया जानुअघि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिङ्गापुरलाई १–० गोलले हराएको थियो।

नेपालले एसियन कप छनोटको तेस्रो चरणमा मलेसिया, भियतनाम र लाओससँग होम एन्ड अवेका आधारमा खेल्नेछ। समूहको शीर्षस्थानमा रहने टोलीले एसियन कप खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077