Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

करेन्टबाट जलेको अवस्थामा किशोरीको शव फेला

करेन्टबाट जलेको अवस्थामा किशोरीको शव फेला

मंगलवार , चैत्र ११, २०८१

अछाम । बिजुलीको करेन्टबाट जलेर एक किशोरीको मृत्यु भएको छ ।

बाख्रा चराउने क्रममा करेन्ट लाग्दा बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको चन्डालीका १८ वर्षीया सुनिता कडायतको जलेर मृत्यु भएको हो ।

बाख्रा चराएर बेलुकी घर फर्कन लाग्दा बिजुलीको तार चुँडिएर फलामको खम्बामा विद्युत प्रवाह भएकाले करेन्ट लागेर घटनास्थलमै मडायतको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

घरबाट करिब आठ सय मिटर टाढा रहेको खरबारीमा रहेको बिजुलीको पोलमा करेन्ट लागेर सोमबार राति करिब ७ बजेतिर जलेको अवस्थामा कडायतको शव फेला परेको बताइएको छ ।

घटनाका बारेमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077