काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत अन्तिम चरणको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।
मलेसियाको घरेलु मैदानमा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको हो ।
जोहोरस्थित इब्राहिम सुल्तान स्टेडियममा भएको खेलमा नेपालले दुवै हाफमा गोल व्यहोरेको थियो ।
मलेसियाको जितमा हेक्टोर हेभेल र ला’भेरे कोर्बिन ओङले एक एक गोल गरे ।