Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आईपीएल : पञ्जाबसँग गुजरात ११ रनले पराजित

आईपीएल : पञ्जाबसँग गुजरात ११ रनले पराजित

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सलाई ११ रनले पराजित गर्दै पञ्जाबले विजयी सुरुवात गरेको छ ।

मंगलबार भएको खेलमा पञ्जाबले दिएको दुई सय ४४ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ३२ रन मात्रै बनाउन सक्यो ।

गुजरातका साई शुदर्शनले सर्वाधिक ७४ रन बनाए । जस बटलरले ५४ रन जोडे । पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ४३ रन बनाएको थियो । पञ्जाबका कप्तान श्रेयस अय्यरले सर्वाधिक ९७ रन बनाए । प्रियान्स आर्यले ४७ रन जोडे ।

गुजरातका शाई किशोरले तीन विकेट लिए । आईपीएलमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077