Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

राजस्थानले कोलकातालाई दियो १५२ रनको लक्ष्य

राजस्थानले कोलकातालाई दियो १५२ रनको लक्ष्य

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई १५२ रनको लक्ष्य दिएको छ ।

गुवाहाटीस्थित बसरापाटा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ्ग गरेको राजस्थान रोयल्सले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको हो ।

राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ३३ रन बनाए । २८ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे । त्यस्तै यशश्वी जैसवालले २९, कप्तान रियान परागले २५ र जोफ्रा आर्चरले १६ रन बनाएका थिए ।

कोलकताका बलर बरुण चक्रवर्ती, मोइन अली, हर्षित राना र बैभव अरोराले दुई दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077