Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लखनउले हैदराबादलाई पाँच विकेटले हरायो

लखनउले हैदराबादलाई पाँच विकेटले हरायो

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइर्जस हैदराबादलाई ५ विकेटले हराएको छ ।

हिजो भएको खेलमा हैदराबादले दिएको १ सय ९१ रनको लक्ष्य लखनउले १६ ओभर एक बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । लखनउको जीतमा निकोलस पुरनले सर्वाधिक ७० रन बनाए । मिचेल मार्शले ५२ रन जोडे ।

हैदराबादका लागि कप्तान प्याट कमिन्सले २ तथा मोहम्मद सामी, हर्षल पटेल र एडम जाम्पाले समान १ विकेट लिए ।

त्यसअघि घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।

हैदराबादका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ४७ रन बनाए । अनिकेत बर्माले ३६ रन जोडे । लखनउको लागि शार्दुल ठाकुरले ४ विकेट लिए ।

पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको लखनउको यो पहिलो जित हो । हैदराबादले पहिलो खेलमा राजस्थानलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077