काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियन पूर्व क्रिकेटर स्टुवार्ट ल नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघले शुक्रबार विज्ञप्ति जारी गर्दै अष्ट्रेलियनन पूर्वब्याटर स्टुवार्टलाई अप्रिलदेखि लागू हुने गरी २ वर्षका लागि नियुक्त गरिएको जानकारी दिएको हो।
यसअघि नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक मोन्टी देसाई रहेका थिए ।