Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आईपीएलमा मुम्बईको लगातार दोस्रो हार, गुजरात ३६ रनले विजयी

आईपीएलमा मुम्बईको लगातार दोस्रो हार, गुजरात ३६ रनले विजयी

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्समाथि गुजरात टाइटन्सले ३६ रनको जित निकालेको छ।

यो मुम्बईको लगातार दोस्रो हार हो भने गुजरातको पहिलो जित हो। पहिलो खेलमा गुजराजत पञ्जाब किंग्ससँग ११ रनले पराजित भएको थियो। पहिलो खेलमा मुम्बई भने चेन्नईसँग चार विकेटले हारेको थियो।

टस जितेर मुम्बईले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको गुजरातले दिएको १९७ रनको लक्ष्य पछ्याएको मुम्बई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रनमा समेटिएको हो।

मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ४८ रन बनाए। तिलक बर्माले ३९ रन बनाए भने नमन धीर र मिचेल सान्टनेर समान १८ रन जोडे। उसका लागि अन्य ब्याट्सम्यान चलेनन्।

चार बल खेलेका रोहित शर्माले मात्र आठ रन बनाएका थिए भने रायन रिकेल्टनले ९ बल खेलेर ६ रन मात्र जोडे। कप्तान हार्दिक पाण्डे १७ बलको सामना गरेर मात्र ११ रन जोडे।

गुजरातका मोहम्मद सिराज र प्रशिद्ध कृष्ण समान दुईदुई विकेट लिए भने कागिसो रबाडा र शाई किशोरले समान एकएक विकेट हात पारे। पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १९६ रन बनाएको थियो।

गुजरातलाई शाही सुदर्शनले सर्वाधिक ६३ रन बनाए। ४१ बल खेलेका उनले चार चौका र दुई छक्का हिर्काए। जोश बटलरले २४ बलमा पाँच चौका र एक छक्कासहित ३९ रन बनाउँदा कप्तान शुभमन गिल ३८, शेर्फेन रदरफोर्ड १८ रन बनाए।

पूरै २० ओभर खेल्दा आठ विकेट गुमाउँदै उसले १९६ रन बनाएको हो। आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्नेछन् भने दोस्रो खेलमा राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077