Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एम्बाप्पेको दुई गोलमा रियल म्याड्रिड विजयी

एम्बाप्पेको दुई गोलमा रियल म्याड्रिड विजयी

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा रियल म्याड्रिडले लेगानेसलाई ३/२ गोल अन्तरले हराएको छ।

रियलको जितमा फ्रान्सेली स्ट्राइकर केलियन एम्बाप्पेले खेलको ३२ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई उपयोग गर्दै गोल गरेका हुन्।

यो जितपछि रियल र बार्सिलोनाको अङ्क बराबर भएको छ। त्यसको एक मिनेटपछि नै डिएगो गार्सियाले रियलको रक्षापक्तिको कमजोरीको फाइदा उठाउँदै बराबरी गोल गरेका थिए।

खेलको ४१ औँ मिनेटमा डानी रबाले लेगानेसलाई अग्रता दिलाएको खेलमा ४७ औँ मिनेटमा जुड बेलिङघमले बराबरी गोल गरेका थिए।

खेल सकिन १५ मिनेट बाँकी रहँदा प्राप्त फ्रिकिकलाई एम्बाप्पले निर्णायक गोलमा परिणत गरे। एम्बाप्पेको यो गोलसँगै लेगानेसलाई म्याड्रिडले ३/२ गोल अन्तरले हराएको हो।

स्पेनिस ला लिगका शनिबार भएका अन्य खेलमा रायो भल्कानोले डेपोर्टिभो अल्भासलाई २/० ले तथा रियल सोसिडाडले रियल भालाडोलिडलाई २/१ ले हराए।

इस्पानियोल र एट्लेटिको म्याड्रिडको खेलमा १/१ गोलको बराबरी भयो। तालिकामा रियल म्याड्रिड र बार्सिलोनाको समान ६३ तथा एट्लेटिको म्याड्रिडको ५७ अङ्क छ। एथलेटिक बिलबाओको ५२ अङ्क छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077