Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

क्यानले बेलायो २० खेलाडीलाई बन्द प्रशिक्षणमा , छुटे सन्दीप र अनिल

क्यानले बेलायो २० खेलाडीलाई बन्द प्रशिक्षणमा , छुटे सन्दीप र अनिल

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

स्टार स्पिनर सन्दीप लामिछाने र ओपनर अनिलकुमार साहलाई बाहिर राख्दै २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो।

अनिललाई चोट र सन्दीपले भर्खरै शल्यक्रिया गरेका कारण बाहिर राख्दै क्यानले शनिबार खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ।

स्टार खेलाडी बाहिरिँदा किरण ठगुन्ना, दीपेन्द्र रावत, रूपेश सिंह र अर्जुन घर्तीले पहिलोपल्ट बन्द प्रशिक्षणमा स्थान बनाएका छन्।

हर्नियाको शल्यक्रियापछि सन्दीप पूर्ण रूपमा फिट भएका छैनन्। अनिलको भने औंलाको चोट बल्झिएको छ। बन्द प्रशिक्षण पनि बुधबारदेखि रूपन्देहीको सिद्धार्थ क्रिकेट मैदानमा सुरु हुने क्यानले जनाएको छ।

क्यानले शुक्रबार राति नै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका स्टुआर्ट ललाई नियुक्त गरेको थियो। उनले मोन्टी देसाईको स्थान लिएका हुन्।

क्यानले प्रधानमन्त्री कप सकिएको दिन खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। लको प्रशिक्षणमा नेपालले पहिलो खेल हङकङसँग खेल्नेछ।

नेपालले हङकङमा चार देश सम्मिलित ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने क्यानले शनिबार नै सार्वजनिक गरेको हो। उक्त शृंखला अप्रिल ९ देखि १३ अप्रिलसम्म हुनेछ।

शृंखलमा नेपाल, हङकङ कतार र कुवेत सहभागी हुनेछन्। नेपालले कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। नेपालले दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ।

लिग चरणमा सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि लिगका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा खेल्ने तय छ।

क्यानले शुक्रबार रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, किरण ठगुन्ना, लोकेश बम, बसिर अहमद, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुलशनकुमार झा, अर्जुन घर्ती, कुशल मल्ल, रूपेश सिंह, दीपेन्द्र रावत, साहब आलम र विवेक यादवलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।

अनुभवी ल नेपालको प्रशिक्षणमा क्यानले अस्ट्रेलियाका अनुभवी स्टुआर्ट ललाई नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। उनी र क्यानबीच दुई वर्षको सम्झौता भएको छ।

क्यानले भारतीय प्रशिक्षक देसाईसँगको सम्झौता नवीकरण नगरेपछि नेपाली टोली केही समययता मुख्य प्रशिक्षकविहीन थियो। देसाईको दुई वर्षे सम्झौता माघमा नै सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077