Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आईपीएलमा मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित

आईपीएलमा मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको छ।

मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा मुम्बईले कोलकातालाई आठ विकेटले हराएको हो।

कोलकाताले दिएको ११७ रनको लक्ष्य पछ्याएको मुम्बईले १२ ओभर ५ बलमा दुई विकेट गुमाउँदै १२१ रन बनायो । मुम्बईका रायन रिकेल्टोनले अवजित ६२ रन बनाए ।

कोलकाताका आन्द्रे रसेलले दुई विकेट लिए । त्यसअघि वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले १६ ओभर २ बलमा सबै विकेट गुमाउँदै ११६ रन बनाएको थियो । कोलकाताका लागि अंगकृश रघुवंशीले २६ रन बनाए ।

मुम्बईका अश्विन कुमारले चार विकेट लिए । मुम्बई यसअघि चेन्नई सुपर किङ्स र गुजरात टाइटन्ससँग हारेको थियो । कोलकाताको भने यो दोस्रो हार हो । कोलकाताले यसअघि रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित हुँदा राजस्थान रोयल्सलाई हराएको थियो ।

जीतसँगै मुम्बई २ अङ्क जोडेर तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । २ अङ्क नै रहेको कोलकाता नेट रनरेटका आधारमा पुछारम झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077