काठमाडौं । धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा मंगलबार भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ को फराकिलो गोलअन्तरले पराजित गर्दै एनएसएलमा पहिलो जित दर्ता गरेको हो ।
यस जितसँगै धनगढीले पहिलो खेलमै तीन अंक बनाएको छ । यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेलेको बुटवलको भने यो पहिलो हार हो ।
धनगढीको जितमा अहमद हिजाजीको दुई गोल तथा कृतिशरत्न छुन्जु र जर्जप्रिन्स कार्कीले समान एकरएक गोल थपे । यता बुटवलका लागि केन्टा हाराले एक गोल फर्काए ।