Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पञ्जाबले लखनउलाई आठ विकेटले हरायो

पञ्जाबले लखनउलाई आठ विकेटले हरायो

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले पराजित गरेको छ । गएराति भएको खेलमा लखनउले दिएको १७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले १६ ओभर दुई बलमा दुई विकेट गुमाउँदै १७७ रन बनायो ।

पञ्जाबका प्रभसिमरन सिंहले सर्वाधिक ६९ रन बनाए । कप्तान श्रेयस अय्यरले भने लगातार अर्धशतक पूरा गरे । उनले अविजित ५२ रन बनाए ।

यसअघि उनले गुजरातसँगको खेलमा पनि अविजित ९७ रन बनाएका थिए । लखनउका दिग्वेश राठीले दुई विकेट लिए । त्यसअघि भारतरत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम लखनउमा टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

लखनउका निकोलस पुरनले ४४ रन बनाए । पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । यो जीतसँगै पञ्जाब दुई खेलबाट चार अङ्क बटुल्दै शीर्ष दुईमा उक्लिएको छ ।

लखनउको भने यो लगातार दोस्रो हार हो । लखनउ तीन खेलमा दुई अङ्कसहित छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077