Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

धनगढीमा भलिबल प्रतियोगिता गर्दै राष्ट्रिय युवा संघ, प्रथम पुरस्कार २ लाख २५ हजार !

धनगढीमा भलिबल प्रतियोगिता गर्दै राष्ट्रिय युवा संघ, प्रथम पुरस्कार २ लाख २५ हजार !

बुधवार , चैत्र १९, २०८१

धनगढी । धनगढीमा आगामी चैत २९ गतेदेखि वैशाख २ गतेसम्म खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा संघ, नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यस प्रतियोगितामा २ लाख २५ हजार रुपैयाँको पुरस्कार राशी रहेको छ। प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टोलीले २ लाख २५ हजार, दोस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख २५ हजार र तेस्रो स्थान प्राप्त गर्ने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको उद्देश्य खेलकुदलाई लागुऔषधविरुद्धको अभियानसँग जोड्नु रहेको बताइएको छ। राष्ट्रिय युवा संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष अरुण कुँवरले भने, ‘हामीले यस प्रतियोगितालाई युवाहरूलाई सकारात्मक गतिविधिहरूमा संलग्न गराउने माध्यमको रूपमा आयोजना गरेका हौं। यसबाट युवामा स्वस्थ प्रतिस्पर्धा र सहकार्यको भावना विकसीत हुनेछ।’

यसैगरी, उनले राष्ट्रिय युवा संघले देश परिवर्तनको जिम्मेवारी लिएको र युवाशक्तिको सक्रिय सहभागितालाई महत्त्व दिएको पनि उल्लेख गरे।

पहिला यो प्रतियोगिता चैत १९ गतेदेखि सञ्चालन हुने भनिएको थियो, तर स्ववियु निर्वाचनका कारण यसलाई स्थगित गरिएको थियो । अब यो प्रतियोगिता निर्धारित मितिमा आयोजनामा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077